विपक्षी गठबन्धनलाई साथ दिन खनाल-नेपाल पक्ष सिंहदरबारमा, ३० सांसदद्वारा हस्ताक्षर

प्रकाशित मिति:

काठमाडौँ । नेकपा एमालेका वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल पक्षका सांसद सिंहदरबारमा भेला भएका छन्।

विपक्षी दलहरुको गठबन्धन (नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी जसपाको उपेन्द्र यादव–बाबुराम भट्टराई पक्ष र राष्ट्रिय जनमोर्चा)ले आज प्रतिनिधि सभा विघटनविरुद्ध सर्वोच्च अदालतमा दायर गर्ने रिटमा हस्ताक्षर गर्न सो पक्ष सिंहदरबारमा पुगेको हो ।

प्रतिनिधि सभा पुनःस्थापना र काँग्रेस सभापति शेरबहादुर देउवालाई संविधानको धारा ७६(५) अनुसार प्रधानमन्त्री नियुक्त गर्न माग गर्दै माधव नेपाल पक्षका ३० सांसदले हस्ताक्षर गरेका छन्