१३ अर्ब बढीको कारोबार संगै सेयर वजार उकालो लाग्र्यो

प्रकाशित मिति:

साताको दोस्रो कारोबार दिन सोमबार नेपाल स्टक एक्सचेञ्जमा हालसम्मकै उच्च कारोबार भएको छ। यस दिन १३ अर्ब १७ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ जुन हालसम्मकै नयाँ रेकर्ड हो। यस दिन २१६ कम्पनीको २ करोड ७१ लाख ४० हजार २०२ कित्ता शेयर १३ अर्ब १७ करोड ५३ लाख ५३ हजार १८८ रुपैयाँमा खरिद बिक्री भएको छ।

यस दिन नेप्से सूचक पनि ३.०७ अंकले बढेर २८२३.०६ विन्दुमा पुगेको छ जुन हालसम्मकै उच्च विन्दु हो। सोमबार सेन्सेटिभ इन्डेक्स पनि १.३१ अंकले बढेको छ।