नेपालमा थप ७४२५ जनामा संक्रमण, ७१३५ डिस्चार्ज

प्रकाशित मिति:

बुटवल । नेपालमा थप ७४२५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट १९ हजार ८४६ र एन्टिजेन विधिबाट ६०७ जनाको परीक्षण गर्दा ७ हजार ४२५ जनामा संक्रमण पुष्टि भएको हो । यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ५ लाख २० हजार नाघेको छ ।

यस्तै, पछिल्लो २४ घण्टामा नेपालमा थप ७ हजार १३५ जना कोरोना संक्रमण मुक्त भएका छन् । यससँगै निको हुनेको संख्या ३ लाख ९८ हजार ४८३ पुगेको छ ।

नेपालमा थप १८५ जनाको मृत्यु भएको छ । यससँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको कुल संख्या ६ हजार ५३१ पुगेको छ ।