कोरोना संक्रमणबाट डिएसपी खरेलको निधन

प्रकाशित मिति:

काठमाडौं । कोरोना भाइरस संक्रमणबाट नेपाल प्रहरीका डिएसपी समिरचन्द्र खरेलको निधन भएको छ । प्रहरी अस्पतालमा उपचारको क्रममा सोमबार उनको निधन भएको हो ।

तीन साताअघि कोरोना संक्रमण पुष्टि भएका उनको स्वास्थ्य बिग्रदै गएपछि भेन्टिलेटरमा राखेर उनको उपचार गरिएको थियो ।

खरेल २०५१ सालमा प्रहरी सहायक निरीक्षकबाट प्रहरी सेवामा प्रवेश गरेका थिए। उनी २०५८ सालमा प्रहरी निरीक्षक बनेका थिए।

हाल प्रहरी उपरीक्षक (एसपी) बढुवाको क्रममा रहेका खरेल राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा कार्यरत् थिए।