विप्लवले पनि गरे नागरिकता ऐनको विरोध, फिर्ता लिन चेतावनी

प्रकाशित मिति:

काठमाडौं । सरकारको सिफारिसमा राष्ट्रपतिले जारी गरेको नागरिकता सम्वन्धित विवादित अध्यादेशको विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले विरोध गरेको छ । सरकारले आफ्ना सत्तासंकट टार्न यो ऐन ल्याएको भन्दै फिर्ता लिन पार्टीले चेतावनी दिएको छ ।

पार्टीका महासचिव नेत्र विक्रम चन्द ९विप्लव०ले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘नागरिकताजस्तो राष्ट्रिय महत्व एवम् जनसरोकारका विषयमा निर्णय लिँदा जनमतलाई बुझ्न र विज्ञहरुको व्यापक परामर्श लिन आवश्यक हुने भए पनि त्यसो गर्नुको साटो सरकारले आफ्नो सत्तासंकट टार्न, कुर्सी जोगाउन र कसैलाई खुशी पार्नका लागि मात्र यस्तो निर्णय लिन्छ भने त्यसको मूल्य सिंगो देशले चुकाउनुपर्ने हुन्छ ।

अतः हामो पार्टी त्यस्ता राष्ट्रहित विपरित कार्य नहोउन्, त्यस्ता निर्णय खोरेज गरिउन् भन्ने चेतावनी केपी ओली सरकारलाई दिन चाहन्छ ।’