बालुवाटारमा एमाले स्थायी कमिटी बैठक जारी, नेपाल पक्षलाई कारवाही हुने

प्रकाशित मिति:

काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा एमाले स्थायी कमिटी बैठक बसिरहेको छ ।जारी बैठकमा विपक्षी गठबन्धनलाई सघाउँदै सर्वोच्च अदालतमा मुद्दा दर्ता गर्न जाने सांसदहरुलाई कारवाही गरिने बताइएको छ ।

यसअघि शनिवार बसेको स्थायी कमिटी बैठकले कांग्रेस सभापति देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गर्ने २६ मध्ये ११ सांसदलाई स्पष्टीकरण सोधिएको थियो । बैठकले २४ घण्टाको समय दिएर स्पष्टीकरण दिएपनि उनीहरुले स्पष्टीकरण दिएका छैनन् ।

आज सर्वोच्च जाने क्रममा एमाले नेता भीम रावलले स्पष्टीकरणको औचित्य नभएका कारण पत्र नलेखिएको प्रतिक्रिया दिए ।