अर्घाखाँचीमा थपिए ३८ कोरोना संक्रमित, एकैदिन ४४ जना डिस्चार्ज

प्रकाशित मिति:

बुटवल । अर्घाखाँचीमा थप ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा जिल्लाका विभिन्न पालिकाहरुमा गरि ३८ जनामा कोरोना संक्रमणको पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा सन्धिखर्क नगरपालिकामा १२ जना, भुमिकास्थान नगरपालिकामा २१ जना, शितगंगा नगरपालिकामा ३ जना र मालारानी गाउँपालिकामा २ जना संक्रमित थपिएको जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीका सहायक प्रमुख जिल्ला अधिकारी विनोद खनालले जानकारी दिए ।

यो सँगै अर्घाखाँचीमा कोरोना संक्रमितको संख्या १,८७७ पुगेको छ । हाल ७५४ जना उपचाररत छन् ।

यस्तै, पछिल्लो २४ घण्टामा ४४ जनाले कोरोना जितेका छन् । यो सँगै जिल्लामा कोरोना जित्नेको संख्या १०७५ पुगेको छ ।

पछिल्लो २४ घण्टामा २ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यो सँगै अर्घाखाँचीमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ४८ पुगेको छ ।