सडक दु्रघटनामा एकको मृत्यु

प्रकाशित मिति:

काठमाण्डौ मंसिर १२/

बुधबार बिहान टेकु पुलस्थित कनक पेट्रोल पम्प अगाडि नम्बर नखुलेको सवारीसाधनको ठक्करबाट एक युवकको मृत्यु भएको काठमाण्डौ प्रहरीले जनाएको छ । मृत्यु हुनेमा कञ्चनपुर घर भई हाल कीर्तिपुर बस्ने बर्ष १९ को जिवन सिंह रहेका छन् । निजलाई उपचारको लागि बिर अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । दुर्घटना पश्चात सवारीसाधन सहित फरार रहेको चालकको खोजी कार्य भैरहेको प्रहरीले जनाएको छ ।