नेपाललाई थाइल्यान्डद्वारा ४६ थान अक्सिजन कन्सनट्रेटर प्रदान

प्रकाशित मिति:

काठमाडौं । थाइल्यान्डले कोरोनाभाइरस महामारीविरुद्ध नेपाललाई स्वास्थ्य सामाग्री प्रदान गरेको छ बिमस्टेकको सदस्य राष्ट्र थाइल्यान्डले नेपाललाई ४६ थान अक्सिजन कन्सनट्रेटर प्रदान गरेको हो ।

थाइ सरकार, थाइ समुन्द्रपार धम्मादत्त भिक्षुज, लुम्बिनी थाइ गुम्बा र भेरापुचोङ फाउन्डेसनले बैंककमा आयोजित समारोहमा सोमबार राजदूत गणेश ढकाललाई सामग्री प्रदान गरेको हो ।ती सामग्रीलाई आगामी शुक्रबार श्री एयरलाइन्सको उडानबाट काठमाडौं ल्याउने दूतावासले जनाएको छ ।