हे सरकार बिन्ति छ अहिले मेरो ज्यान बचाईदे

प्रकाशित मिति:

हे सरकार बिन्ति छ अहिले मेरो ज्यान बचाईदे
Covid vaccine को Full dose लगाइदे
नमरे बाँचे covid लाई जिते चुनावमा भोट हाल्दै गरौंला, देशको नेता चुन्दै गरौंला
तर अहिले, कति जनताको चुलोमा आगो बल्न सकेको छैन्
कतिको पेट कयौ दिनदेखि भरिन पाएको छैन्
कति मरे oxygen नै नपाएर, कति छट्पटाइरहेका छन् hospital मा बेड ,ICU ra ventilator नपाएर
हे आत्मा,मन र दिल नभएको सरकार
बिन्ति छ एक पटक सिर्फ एक पटक, आँखा को कालो पट्टी खोलेर हेरिदे, सच्चा अभिभावक बनेर सोचिदे
बिन्ति छ सरकार अहिले चुनाव काे लागि होइन
जनताको जिउ ज्यान बचाउन काे लागि खटिदेऊ,
विश्व को संसद मा नेपाल को चिन्ता चलिरहेको बेला
तिमीले सरकार म्यादी प्रहरी भर्ना होइन,
स्वस्थकर्मी को नियुक्ति, बढुवा र जोखिम भत्ता देऊ,
आफ्नो ज्यान नाङ्गो खुकुरी काे धार मा राखेर काम गरेका अग्रपंक्ति का योद्धा काे परिवार काे बारेमा सोचिदेऊ
मतकेन्द्र होइन सरकार स्वास्थ्य केन्द्र खोलिदेऊ
बिन्ति लाख बिन्ति छ सरकार याे चित्कार गुहार र मनको वह सुनिदेउ

विष्णु पाठक खड्का