बेलायती रेडियोकर्मी फोर्डको निधन

प्रकाशित मिति:

एजेन्सी, १२ मङ्सिर । बेलायतका चर्चित रेडियोकर्मी गाभिन फोर्ड आफ्नै घरमा मङ्गलबार मृत फेला परेका छन् ।

लेबनानको प्रसिद्ध मनोरञ्जनात्मक कार्यक्रममा प्रस्तोता रहेका फर्डको मृत शरीर बेरूतबाट पूर्वमा रहेको बेइट मेरी शहरस्थित उनकै निवासमा भेटिएको लेबनानको राष्ट्रिय समाचार समितिले जनाएको छ ।

आफुले काम गर्दै आएको ‘रेडियो वन’ रहेको शहरमा उनी बस्दै आएका थिए । उनको मृत्युबारे रोजगारदाता संस्थाले सामाजिक सञ्जालमा प्रेषित शोक सन्देशमा भनेको छ, “हाम्रा प्रिय मित्रको निधनको खबरले रेडियो परिवारलाई दुःखी बनाएको छ । हामीले उनीसँग बर्षौंसम्म हासीखुशी विताएका पलहरूले हाम्रो स्मृतिमा उहाँ सधैँ टाढा हुनुहुने छैन ।”

प्रहरी तथा उनी कार्यरत रेडियोले मृत्युको कारण भने उल्लेख गराएका छैनन् । लेबनानको राष्ट्रिय समाचार समितिले बताएअनुसार सुरक्षा निकायले उनको मृत्युबारे अनुसन्धान अघि बढाउने कुरालाई इन्कार गरेको छैन ।

फोर्डको मृत्युको खबरपछि दुःख व्यक्त गर्दै आएका श्रद्धाञ्जलिका सन्देशहरूले सामाजिक सञ्जाल भरिएका छन् । उनलाई लेबनानीहरूले धेरै बर्षदेखिको लोकप्रिय रेडियो कार्यक्रम प्रस्तोताका रूपमा सम्झेका छन् ।