काठमाडौं । झापामा प्रधानमन्त्री केपी ओली र राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध आन्दोलनको घोषणा भएको छ । जिल्लाका नौ राजनीतिक दल संयुक्त रुपमा प्रधानमन्त्री र राष्ट्रपतिको असंवैधानिक कदमको बिरुद्धमा आन्दोलन गर्ने घोषणा गरेका हुन् ।
मंगलबार एक विज्ञप्ति जारी गर्दै नौ दलले मुलुकलाई जननिर्वाचित प्रतिनिधिसभाबिहीन बनाएर अध्यादेशको भरमा राष्ट्र सञ्चालन गर्ने कार्यले समृद्ध राष्ट्र निर्माण हुन नसक्ने ठहर गर्दै यस्ता कदमको बिरुद्धमा आन्दोलनको घोषणा गरेको छ ।
सिंहदरबारमा पत्रकार सम्मेलन आयोजना गरि आफुसँग विश्वासको मत लिन सक्ने आधार नभएकाले नयाँ सरकार गठनका लागि संविधान को धारा ७६ को ५ बमोजिम राष्ट्रपतिकोमा आफुले सिफारिस गरेको बताउने ओलीले आधा घण्टाभित्रै आफुसँग सरकार बनाउने बहुमतको आधार रहेको भनी राष्ट्रपतिसमक्ष दाबी पेश गर्नु पाखण्डीपन भएको विज्ञप्तीमा उल्लेख छ ।