पोखरीको पानी सुकाएर ४ दिनपछि निकालियो डिसीको शव

प्रकाशित मिति:

दाङ, १२ मंसिर – दाङको घोराही उपमहागरपालिका वडा नं १७ गुलरियामा कृत्रिम तालमा डुबेका युवाको शव बुधवार बिहान भेटिएको छ ।

गएको आइतबार दिउँसो साथीहरुसँग क्रिकेट खेल्न गएका १८ वर्षीय डिसी पौडि खेल्ने बेला तालमा डुबेर बेपता भएका थिए । घोराही १५ निवासी डिसीको शव बुधबार बिहान साढे ८ बजेतिर फेला परेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

डिसीको खोजीका लागि चितवनबाट गोताखोरको टोली पनि दाङ आएको थियो । गोताखोरले पनि शव भेटाउन नसकेपछि पोखरीको पानी सुकाएर उनको शव निकालिएको हो । पानी सुकिसकेपछि उनको शब भेटिएको प्रहरीले बताएको छ ।

चिसोमा शरिर फुल्न नपाएकोले शव माथि आउन नसक्दा ढिलागरी फेला परेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले जानकारी दिए ।