योगेश र गोकर्ण नेपाल समूहमै

प्रकाशित मिति:

काठमाडौं, जेठ १२ : नेकपा एमालेका स्थायी कमिटी सदस्यहरु योगेश भट्टराई र गोकर्ण विष्ट फेरी पार्टी अध्यक्ष केपी शर्मा ओलीविरुद्धको मोर्चामा देखिएका छन् । बुधबार माधव कुमार नेपाल तथा झलनाथ खनाल सहित १५ स्थायी कमिटी सदस्यले जारी गरेको विज्ञप्तिमा उनीहरुको समेत नाम समावेश गरिएको छ । नेकपा एमालेका माधव नेपाल समूहका स्थायी कमिटी सदस्यहरूले अध्यक्ष केपी ओलीको प्रतिगमनविरुद्ध एकजुट हुन नेता कार्यकर्तालाई आग्रह गरेका छन् ।

योगेश भट्टराईसहित १५ स्थायी कमिटी सदस्यहरूले सामूहिक वक्तव्य जारी गर्दै ओलीका निरंकुश र प्रतिगामी विरुद्ध एकता र सहकार्यका लागि सबै नागरिकलाई आह्वान गरेका हुन् । यसअघि प्रधानमन्त्रीमा शेरबहादुर देउवालाई प्रस्ताव गर्दा नेपाल पक्षमा रहेका भट्टराईले गरेका थिएनन् भने बिष्टले भने हस्ताक्षर गरेका थिए । तर पछिल्लो समय सर्वोच्चमा रिट दर्ता गर्दा विष्टले पनि हस्ताक्षर गरेका थिएनन् ।