एनआरएनए बोर्ड अफ डाइरेक्टरको उम्मेदवार बने विपत्तिका सारथी इन्द्रबहादुर थापा

प्रकाशित मिति:

मुकुन्द सुवेदी , पेन्सलभेनिया अमेरिका । गैर नेपाली आवासीय नेपाली संघ अमेरिका एनआरएनए को निर्वाचन आउन अब धेरै समय बाँकी छैन । समय छोटिदै गर्र्दा उम्मेदवारहरुलाई पनि निक्कै दौडधुप भइरहेको छ । सबै उम्मेदवारहरु मतदाताको आँगनसम्म पुगिरहेका छन् ।एनआरएनएको नेतृत्वमा रहेर गैरआवासीय नेपालीहरुको समास्या समाधान गर्ने उदेश्यका साथ म्याग्दीका इन्द्रबहादुर थापाले एनआरएनएको निवाृचनमा बोर्ड अफ डाइरेक्टरमा उम्मेदवारी दिएका छन् । उनी यतिबेला प्रत्येक मतदातासँग आफ्नो उदेश्य शेयर गरिरहेका छन् ।

उनले एनआरएन अमेरिकाको राष्ट्रिय समन्वय परिषदको २०२१–२०२३ कार्यकालको लागि बोर्ड अफ डाइरेक्टर बन्नका लागि आफु योग्य रहेको बताएका छन् ।उनी एनआरएन अमेरिकाको आजीवन सदस्य हुन् । म्याग्दी समाज अमेरिकाको कार्य समिति सदस्य, महासचिव, बरिष्ठ उपाध्यक्ष्य हुँदै हाल अध्यक्ष्य पद बनेका छन् । अर्थात् म्याग्दी समाजमा पनि तल्लो तहदेखि नै काम गरेर नेतृत्व तहसम्म पुग्न सफल भएका छन् । यसरी एउटा संस्थामा तल्लो तहदेखि नेतृत्वसम्म पुग्नु उनले काममा देखाएको लगनशीलता नै हो । यही लगनशीलताले नै उनलाई एनआरएनएको बोर्ड अफ डाइरेक्टरमा निर्वाचित हुने आधार बनाएको छ ।उनी यसअघि एनआरएन मेरिल्याण्ड च्याप्टरको बोर्ड अफ डाइरेक्टर÷हेल्प डेस्क संयोजकमा नियुक्त भएर काम गरेका थिए । यसको अलावा उनी नेपाली हिन्दु बुद्ध मन्दिरको बोर्ड अफ ट्रस्टि र बाना सामुदायिक भवनको बोर्ड अफ ट्रस्टिको रुपमा काम गरिरहेका छन् ।

उनी लामो समयदेखि नै सामाजिक काममा निक्कै सक्रिय बन्दै आएका छन् । ‘समाज सेवामा संलग्न संघ सस्थाहरुमा यस प्रकारका व्यक्तिगत स्वतन्त्रता र अभिव्यक्तिको उच्च कदर तथा सम्मान हुनुपर्छ भन्ने सोचाई राख्ने थापा नेपालमा हुने अनेक प्रकारका विपत्तिका बेला सारथी बन्ने गरेको छन् ।२०७२ सालमा गएको विनासकारी महाविपत्तिका बेला होस् वा गत वर्षदेखि विश्वव्यापी रुपमा फैलिएको कोरोना संक्रमणको विपत्तिमा परेका नेपालीलाई सहयोग गर्न उनी लम्किएका छन् ।सामाजिक संघ सस्थाहरुलाई फराकिलो र लचिलो बनाउन सकिन्छ भन्ने कुरामा म विस्वास राख्दछ’ उनले निशान न्युजसँग भने, ‘सामाजिक सेवामा असल नियतले लागेको व्यक्तिले जात जाति, भाषा भाषी तथा विभिन्न राजनैतिक विचार भएका व्यक्ति तथा समूहलाई असल नियतले समाज सेवाको खातिर एक ठाउँमा मिलाउन सक्नुपर्छ । त्यस्तो प्रयास गर्नुपर्छ भन्ने मलाई लाग्छ । हुन पनि उनी सामाजिक काममा सक्रिय बन्दा नीजि कुरालाई कहिले पनि ध्यान दिँदैनन् । समाजलाई केही गर्न सके मात्र जिउनुको अर्थ हुने उनको धारणा छ । यही भएर पनि उनी यो पटक मतदाताको मन जित्नेमा ढुक्क छन् ।