प्रतिगमन परास्त भई छाड्छ; दलहरु

प्रकाशित मिति:

बुटवल । लुम्विनी स्थित विभिन्न राजनीतिक दलका नेताहरुले प्रधानमन्त्रीले चालेको प्रतिगमन परास्त भई छाड्ने विश्वास व्यक्त गरेका छन । विहिवार संयुक्त रुपमा विज्ञप्ती निकालेर प्रतिगमनको पराजय र जनताको जित सुनिश्चित रहेको जनाएका छन । नेपाली कांग्रेसका केन्द्रिय सदस्य देवेन्द्रराज कडेल, ने.क.पा. (माओवादी केन्द्र) लुम्विनी प्रदेश कार्यालय सचिव सुदर्शन वराल नेकपा (एमाले) प्रदेश कार्यालय सचिव खेम लुईटेल, जसपा नेपाल लुम्विनी प्रदेशका अध्यक्ष अशोक यादव, राष्ट्रिय जनमोर्चा लुम्विनी प्रदेश उपाध्यक्ष बदे्र आलमद्धारा जारी विज्ञप्तीमा स्पष्ट अल्पमतमा परिसकेपछि लिखित र मौखिक रुपमा अल्पमतमा परे भनि स्वीकार गरिसकेको प्रधानमन्त्रीले पुनः राष्ट्रपतिसंग सांठगांठ गरि जेठ ७ गते मध्यरातमा षडयन्त्र मुलक ढंगले संविधानमा भएको व्यवस्थाको धज्जी उडाएको उल्लेख छ ।

जनसमुदायको जिवन रक्षाको लागि निरन्तर जुट्नुहुन सम्पुर्ण पार्टी पंक्तिमा अपिल गरिएको छ । प्रधानमन्त्री ओलीको असंवैधानिक, अराजनैतिक, अनैतिक र जनविरोधी क्रियाकलापको घोर निन्दा र भत्र्सना गर्दे २१ औं शताब्दीका स्वाभिमानी चेतनशिल जनताको अग्रगामी चेतनाको अगाडी लेण्डुप पथमा लैजान खोजेको प्रतिगमन परास्त भई छाड्ने विश्वास व्यक्त गर्दछौं । विज्ञप्तीमा उल्लेख छ ।

ओलीको कदमले नेपाली जनताले प्राप्त गरेको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान आज सर्वाधिक संवेदनशील अवस्थामा पुगेको जनाउदै विज्ञप्तीमा संविधान मार्फत संस्थागत गरिएको गणतन्त्र, संघीयता, समानुपातिक, समावेशीता, धर्मनिरपेक्षता र लोकतन्त्र यतिवेला प्रधानमन्त्री र राष्ट्रपतिको गठवन्धनबाट धरापमा परेको उल्लेख छ । विज्ञप्तीमा कोभिड नियन्त्रणमा सरकार असफल भएको जनाईएको छ ।

’आज कोभिड –१९ का कारण जनताले दैनिक झण्डै २ सयको संख्यामा ज्यान गुमाउनु परेको छ । हजारौको संख्यामा संक्रमित भएका छन् । अस्पतालहरुमा अक्सिजन, वेड भेन्टिलेटर र अन्य स्वास्थ्य उपचारको अभाव छ । जनता पिडाले आक्रान्त परिरहेका छन भने स्वयं स्वास्थ्यकर्मीहरु असाहय अवस्थामा भावुक बनेका दृष्यहरु सार्वजनिक भएका छन । ’ विज्ञप्तीमा उल्लेख छ ।

लामो समयको लकडाउनका कारण लाखौ श्रमिक, साना व्यापारी न्युनवैतनिक कर्मचारीहरु, दैनिक रोजिरोटी कै समस्या झेल्न थालेका छन । सिंगो मुलुक महामारीबाट आक्रान्त भएर स्तब्ध भईरहेको छ । मृतकका आफन्तहरु अन्तिम संस्कारमा सहभागी हुन नसकेको कठोर अवस्था छ । यस्तो कठिन र पिडादायी क्षणलाई कुनै थाहा नपाए जस्तो, नदेखे जस्तो गरी जनताको संवेदना माथि मजाक उडाउदै ‘… लाई खानकै रन्को’ भने जसो गरि असंवैधानिक तरिकाले निर्वाचनको घोषणा गरिएको छ । देशवासीको जीवन बचाउन आवश्यक पर्ने अक्सिजन सिलिण्डर, खोप र स्वास्थ्य उपचार उलपव्ध गराउनको लागि संसार भर झोली थापिरहेको निर्लल्ज सरकारले निर्वाचनको लागि भने अरबांै, खरवांै रुपैया चिन्ता नगर्न निर्वाचन आयोगलाई भनेको छ । विज्ञप्तीमा उल्लेख छ ।