​दैलेख जीप दुर्घटनामा चारजनाको मृत्यु, दुईको सनाखत

प्रकाशित मिति:

१२ मंसिर, दैलेख । दैलेखमा जीप दुर्घटनामा चारजनाको ज्यान गएको छ । चारजना घाइते भएका छन् । सुर्खेतबाट दैलेखको ठाटीकाँध गाउँपालिका–३ बहाँकोट बिसलाका लागि छुटेको भे १ च २२०७ नम्बरको बोलेरो जीप जिल्लाकै ठाटीकाँध गाउँपालिकामा दुर्घटना भएको हो ।

ठाटीकाँध गाउँपालिकाका ४७ वर्षीय राजेन्द्रबहादुर शाही र ३० वर्षीय निर्मल बमको घटनास्थलमै ज्यान गएको हो । दुई जनाको उपचारका लागि सुर्खेत लैजादै गर्दा बाटोमै ज्यान गएको प्रहरीले जनाएको छ । उनीहरुको परिचय खुलेको छैन । ठाटीकाँध गाउँपालिका–३ का वडासदस्य कर्णबहादुर बोगटीका अनुसार जीपको ब्रेक फेल भएर दुर्घटना भएको हो । घाइते ४ जनालाई उपचारका लागि सुर्खेत पठाइएको छ ।