एकल महिलाले लगाए रातो कपडा

प्रकाशित मिति:

१२ मंसिर, धादिङ । धादिङको थाक्रे गाउँपालिकामा एकल महिलाहरुले रातो कपडा लगाएका छन् ।

अन्तराष्ट्रिय लैंगिङ्ग हिंसा बिरुद्धको १६ दिने अभियानअन्तर्गत सामाजिक न्याय र लैगिङ्ग समानाता सहितको थाक्रे कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा एकल महिलाहरुलाई रातो टिका तथा रातो ओढ्ने ओडाएर सम्मान गरिएको हो । थाक्रे गाउँपालिकास्तरीय महिला मानव अधिकार रक्षकहरुको सञ्जाल र थाक्रे गाउँपालिकाको आयोजनामा भएको कार्यक्रममा करिब दुईसय एकल महिलाले रातो कपडा लगाएका हुन् ।

कार्यक्रममा बोल्दै थाक्रे गाउँपालिकाका अध्यक्ष रामकुमार आचार्यले एकल महिला भएकै आधारमा समाजमा हुने विभेद अन्त्य गर्न गाउँपालिका प्रतिबद्ध रहेको बताए ।