सार्वजनिक लेखा समितिको निर्देशन : सार्वजनिक खरिद ऐन बमोजिम छ छैन ? स्पष्ट पार

१२ मंसिर २०७५, बुधबार ०   बिचार / प्रतिक्रिया

lgudåf/f vl/b ul/Psf] ljdfg sf7df8f}Fl:yt lqe’jg ljdfg:yndf laxLaf/ cjt/0f ub}{ g]kfn jfo’;]jf lgudåf/f vl/b ul/Psf] jfO8 j8L ##) ljdfg . tl:a/ M k|bLk/fh jGt, /f;;

काठमाण्डौ मंसीर, १२ / प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिले नेपाल वायुसेवा निगमले खरिद गरेको वाइडबडी सार्वजनिक खरिद ऐन बमोजिम भए, नभएको राय पेश गर्न सम्बन्धित कार्यालयलार्इ निर्देशन दिएको छ । समितिले एक हप्ता भित्र राय पेश गर्न सार्वजनिक खरिद कार्यालयलाई निर्देशन दिएको हो ।

समितिको बुधवार बसेको बैठकको निर्णयअनुसार सार्वजनिक खरिद अनुगमन कार्यालयले सातदिनभित्र राय दिनुपर्ने सभापति भरतकुमार शाहले जानकारी दिए । समितिको बैठकमा सहभागी सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिव मधुप्रसाद रेग्मीले सार्वजनिक खरिद सम्बन्धी काममा सकेसम्म बढी प्रतिष्पर्धा हुनुपर्ने बताएका छन् ।

शाहले भने “नेपाल वायुसेवा निगमले वाइडबडी खरिद गर्दा अहिलेसम्म हामीसँग कुनै पनि छलफल र सल्लाह गरेको छैन,” । कार्यालयका निर्देशक रामचन्द्र शर्माले सार्वजनिक खरिद ऐनमा ब्रान्डको नाम तोकेर सामान खरिद गर्न नपाइने भए पनि नेवानिले नामै तोकेर खरिद गरेको बताए । तर सधैं निर्माता कम्पनीसँग नै किन्नुपर्छ भन्ने नहुने उनको धारणा थियो ।

“जहाज पुरानो हो भन्ने हामीलाई लाग्दैन, एयरबस नै किन्ने हो भने प्रतिष्पर्धा गर्न जरुरी थियो कि थिएन भनेर सम्बन्धित निकायले हेर्नुपर्छ, निर्माता कम्पनी एउटै हो भने प्रतिष्पर्धा गराउनुको औचित्य देखिएन,” उनले भने । समितिमा सदस्यहरुले ब्रान्ड तोकेर सामान खरिद गर्नु नै भ्रष्टाचार भएको बताएका थिए ।

यसअघि गत आइतबार बसेको लेखा समिति बैठकमा सभापति शाहले वाइडबडी खरिद गर्दा साढे ६ अर्ब घोटाला भएको देखिएको बताएका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया