श्रीमानले गरे श्रीमतीको हत्या

प्रकाशित मिति:

मङ्सिर १२ दोलखा ।  दोलखाको जिरी नगरपालिका वडा नम्बर ९ ठूलोपातलमा एक युवाले श्रीमतीको हत्या गरेका छन् ।

सोमवार साँझ ठूलोपातलका ३५ बर्षिय तस्विर तमाङले करिब ३३ बर्षिय श्रीमती राममाया तमाङलाई काठको चिर्पटले टाउको, अनुहार लगाएत शरिरको बिभिन्न भागमा हिर्काएर हत्या गरेको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी नायव उपरीक्षक बासुदेव पाठकले बताए ।

घट्नाको जानकारी पाउना साथ इलाका प्रहरी कार्यालय जिरीबाट प्रहरी निरीक्षकको कमाण्डमा प्रहरी टोलि पुगेको भएपनि हत्यामा संलग्न तस्विर तमाङ फरार रहेको र उनको खोजि भै रहेको प्रहरी नायव उपरीक्षक पाठकले बताए ।