काठमाडौं । संवैधानिक इजलासमा शुक्रबारका लागि बहस सकिएको छ । प्रतिनिधिसभा विघटनसम्बन्धी अर्को सुनुवाइ आइतबार हुने भएको छ । बहसका क्रममा कानुनविद् गोबिन्द बन्दीले इजलास गठनमा प्रश्न उठाएपछि सुनुवाइ आजको लागि सकिएको हो ।
प्रतिनिधिसभा विघटनविरुद्धको रिट निवेदनमाथि संवैधानिक इजलासले शुक्रबारबाट सुनुवाइ थालेको हो । आइतबार बहसले निरन्तरता पाउने छ ।