काठमाडौं । मन्त्रिपरिषद् बैठकले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष बजेट अध्यादेश सिफारिस गरेको छ । शनिबार मध्यान्ह प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रपतिसमक्ष बजेट अध्यादेश स्वीकृतको सिफारिस गरेको एक मन्त्रीले जानकारी दिए ।
सरकारले प्रतिनिधिसभा विघटनपछि अध्यादेशमार्फत् बजेट सार्वजनिक गर्न लागिएको हो । राष्ट्रपतिले सिफारिस प्रमाणीकरण गरिसकेपछि शनिबार दिउँसो ४ बजे अर्थमन्त्री विष्णु पौडेलले बजेट भाषण गर्ने तयारी छ ।