सरकारी कर्मचारीको तलब मासिक २ हजार बढ्यो

प्रकाशित मिति:

१५ जेठ, काठमाडौं – सरकारले सरकारी कर्मचारीको तलब मासिक २ हजार रुपैयाँ वृृद्धि गरेको छ ।

आर्थिक वर्ष २०७८/७९ का सरकारले निजामती कर्मचारीको तलव बढाउने निर्णय गरेको छ । कोरोना महामारीका बीच कर्मचारीको मनोबल बढाउन उक्त निर्णय लिएको अर्थमन्त्री विष्णु पौडेले जानकारी दिए ।

 

यसअघि सरकारले आर्थिक वर्ष २०७६/७७ मा सरकारी कर्मचारीको तलब बढाएको थियो । सो वर्ष नायव सुब्बासम्म २० प्रतिशत र त्यसभन्दा माथि १८ प्रतिशत तलव बढाउने घोषणा भएको थियो । समयानुकुल तलव भत्तामा समायोजन गर्दै जानुपर्ने भन्दै कर्मचारी युनियनले सरकारलाई दवाव दिइरहेका थिए ।