बुटवलमा अत्याधुनिक सि टि स्क्यान सेवाको शुभारम्भ

प्रकाशित मिति:

बुटवल – बुटवलको अस्पताललाईनमा अत्याधुनिक सि।टि। स्क्यान सेवा शुभारम्भ गरिएको छ । यस क्षेत्रका स्वास्थ्य सेवामा लामो समय काम गरेका युवा व्यबसायीहरुको लगानीमा अत्याधुनिक सि।टि। स्क्यान सेवा सुरु गरिएको हो । ४ करोड भन्दा बढी लगानीमा सञ्चालन गरिएको ‘रुपन्देही सि।टि। एण्ड डायग्नोसिस सेन्टर प्राली’मा राखिएको सि।टि। स्क्यान मेसिन ३२ सलाईसको हो । यसले उच्च क्वालीटीको फिचर स्क्यान गर्ने सञ्चालक दीपु केसीले बताउनु भयो ।

होलबडी सि।टि। स्क्यान, एन्जीयोग्राम, त्रिपलफेस लिभर स्क्यान, थ्रीडी, कलर स्क्यान लगायत सबैप्रकारका सि।टि। स्क्यान तथा क्यान्सर स्कृनिङ् समेतको विशेषता भएको अर्का सञ्चालक रमेश लम्सालले बताउनु भयो । बिरामीको स्वास्थ्य सेवामा अभाव पूर्तिका लागि उच्च प्रविधियुक्त अत्याधुनिक सि।टि। स्क्यान सेवा सुरु गरिएको सञ्चालक महेश पौडेलले जानकारी गराउनु भयो ।बिरामीको स्वास्थ्यलाई ध्यानमा राखेर रेडियसन ९विकिरण० कम उत्पन्न गर्ने मेसिन ल्याएको छ । अत्याधुनिक र उच्च गुणस्तरयुक्त भएकाले ईमेज राम्रो आउने छ भने विकिरण समेत कम उत्पन्न हुने भएकाले स्वास्थ्यमा समेत कम असर गर्ने वरिष्ठ रेडियोलोजिष्ट डा। सुरेश थापा बताउनु हुन्छ ।

गुणस्तरयुक्त प्रष्ट ईमेज आउने भएकाले बिरामीको डायग्नोसिस ९उपचार०मा समेत डाक्टर चिकित्सकलाई सहज हुने अर्का वरिष्ठ रेडियोलोजिष्ट डा। अभिषेकमान बज्राचार्यले बताउनु भयो । अत्याधुनिक, उच्च गुणस्तर र दक्ष जनशक्तिको त्रिकोणात्मक सम्बन्धका कारण सेवा पनि चुस्त हुने सञ्चालकहरुले विश्वास गरेका छन् ।