एसिया प्यासिफिक समिटः पाहुनालाई गाडीको व्यवस्था गर्न सरकारलाई सास्ति, तान्यो मन्त्री र सचिवको गाडी

१२ मंसिर २०७५, बुधबार ०   बिचार / प्रतिक्रिया
5 Shares


काठमाडौं , १२ मंसिर – काठमाण्डुमा शुक्रबारदेखि सुरू हुने एसिया प्यासेफिक समिटमा आउने पाहुनालाई गाडीको व्यवस्था गर्न सरकारलाई सास्ति भएको छ ।समिटमा आउने भिभिआइपी र भिआइपीका लागि गृह मन्त्रालयले सरकारका सचिव र विभाग प्रमुखको गाडी तानेको छ ।

समिटमा आउने पाहुनाका लागि ४८ वटा गाडी मगाइएको गृह मन्त्रालयले जनाएको छ । गृहले मन्त्रीहरूलाई उपलब्ध गराएको १३ वटा सोनाटा कारसमेत भिआइपीलाई दिने भएको छ ।

परराष्ट्र मन्त्रालयबाट ७, भूमि व्यवस्थाबाट ५ र अर्थ मन्त्रालयबाट ४ वटा गाडी गृहले तानेको हो । भिआइपीका लागि पुरानो गाडी दिन नमिल्ने भएका कारण सचिवहरूले प्रयोग गरेका कार समिटसम्मका लागि तानिएको हो ।

सचिवहरू आफ्ना गाडी गृहलाई दिएर पुराना गाडीमा चढिरहेका छन् । नेपाल प्रहरीले पनि उपत्यकामा भएका गाडी अपुग भएपछि अगुवापछुवाका लागि प्रदेशहरूबाट गाडी मगाएको छ ।

गृहले गाडीहरू नेपाली सेनाको नारायणहिटीस्थित गणमा पठाएको छ । एसिया प्यासिफिक समिटमा ३ मुलुकका राष्ट्रपतिसहित ५ सय ६७ विदेशी पाहुना आउँदैछन् ।

फिलिपिन्सकी उपराष्ट्रपति, म्यानमारकी विदेश मन्त्री पनि नेपाल आउँदैछिन् । कम्बोडियाबाट प्रधानमन्त्री नेपाल आउनेछन् ।

त्यस्तै रिपब्लिक अफ नाउरू, रिपब्लिक टुभालु र इन्डिपेन्डेन्टस् स्टेट अफ सामवाका राष्ट्रपतिहरू समिटमा सहभागी हुनेछन् । विभिन्न मुलुकका पूर्वप्रधानमन्त्री र राष्ट्रपतिसमेत सम्मेलनमा सहभागी हँदैछन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

ताजा समाचार

  • घुस लिदै गर्दा कार्यकक्षबाटै नायब निरीक्षक पक्राउ
  • स्वास्थ्यमन्त्री अमेरिका जाँदै
  • १२ औै वाषिैकत्सवको अवसरमा सनराइज बैंकको रक्तदान कार्यक्रम
  • दुई विधेयक स्वीकृत, एक समितिमा
  • झापामा तालु नभएको बालिकाको जन्म
  • नागरिकलाई दुःखबाट मुक्त गराउन प्रधानमन्त्री ओलीका तीन उपाय
  • नागरिकता विधेयक पारित हुन नदिन सांसदहरुलाई सभापति देउवाकाे निर्देशन
  • सामाजिक सुरक्षा र न्यूनतम पारिश्रमिक अनिवार्यः मन्त्री विष्ट
  • विदेशमा बस्ने नेपालीहरुको मताधिकारको लागि जनसम्पर्क अमेरिकाले नेपाली राजदूतावासमा ज्ञापन…
  • सगरमाथा संवाद चैतमा, जलवायु परिवर्तन र पर्वतीय वातावरणमा बहस