बुटवलमा प्लाष्टिक मुक्त अभियान शुरु !

प्रकाशित मिति:

मङ्सिर १२ बुटवल । खुद्रा किराना व्यवसायीले बुटवलबाट प्लाष्टिक मुक्त अभियान शुरु गरेका छन् । बुटवल र आसपासको क्षेत्रमा किराना व्यवसाय गर्दै आएका व्यवसायीले प्लाष्टिकमुक्त अभियान शुरु गरेका हुन् । खुद्रा किराना व्यवसायी संघ रुपन्देहीले आफ्नो १३ औं वार्षिकउत्सवको अवसरमा प्लाष्टिकमुक्त अभियान शुरु गरेको हो । संघका अध्यक्ष गंगाधर न्यौपानेले गाउं शहरलाई प्लाष्टिक मुक्त बनाउने गरी अभियान चलाईएको बताउनु भयो ।

अहिले अभियानको रुपमा सबै व्यवसायलाई प्लाष्टिकुमक्त हुनेगरी व्यवसाय सञ्चालनका लागि आग्रह गरी अभियान चलाईएको अध्यक्ष न्यौपानेले बताउनु भयो । प्लाष्टिकमुक्त अभियानमा लागेका खुद्रा किराना व्यवसायी संघले आज बुटवलस्थित लुम्बिनी अञ्चल अस्पताल र बुटवल अस्पताल प्रालिमा फलफुल वितरण गरेको छ । संघमा आवद्व व्यवसायीले लुम्बिनी अञ्चल अस्पताल र बुटवल प्रालिमा रहेका दुई सय बढी विरामीलाई फलफुल वितरण गरेका छन् ।

अस्पतालहरुलाई पनि प्लाष्टिकमुक्त गराउनु पर्छ भन्ने सन्देश दिनका लागि जुटको झोलामा व्यवसायीले फलफुल वितरण गरेका छन् । क्रमस बुटवलका सबै अस्पतालहरुमा रहेका विरामीहरुलाई फलफुल वितरण गर्दै प्लाष्टिकमुक्त अभियानलाई अगाडी बढाईने व्यवसायीले बताएका छन् । मानव स्वास्थ्यमा प्लाष्टिकजन्य वस्तुले असरगर्ने भएकाले सबैसंग सहकार्य गर्नेगरी पलाष्टिकुमक्त अभियानमा लागिएको संघका महासचिव कृष्णप्रसाद पाण्डेले बताउनुभयो ।

उहाले रुपन्देहीमा रहेका सामाजिक तथा व्यवसायीक संघसंस्था र स्थानीय निकायसंग सहकार्य गरिने बताउनु भयो। फलफुल वितरण कार्यक्रममा बोल्दै लुम्बिनी अञ्चल अस्पतालका मेडिकल सुपरिटेण्डन डाक्टर कृष्ण खनालले सबै मिलेर पलाष्टिकमुक्त गर्नुपर्ने बताउंदै देखिने गरी अस्पताललाई सहयोग गर्न आग्रह गर्नुभयो ।