एक वर्षमा एक लाख ५० हजार सवारी थपिए

प्रकाशित मिति:

काठमाडौंः एक वर्षको अवधिमा नेपालमा १ लाख ५० हजार ७ सय ६५ नयाँ सवारी दर्ता भएका छन्।

योसँगै नेपालमा दर्ता भएका सवारी साधनको संख्या झण्डै ४० लाख पुगेको आर्थिक सर्वेक्षण २०७७र०७८ ले उल्लेख गरेको छ। सर्वेक्षणका अनुसार २०७७ फागुनसम्म देशभर कुल ३९ लाख ८७ हजार २ सय ६७ सवारी दर्ता भएका छन्। २०७७ असार मसान्तसम्म कुल ३८ लाख ३६ हजार ५ सय २ सवारी दर्ता भएका थिए।