संसद बैठक बोलाउनको लागि राष्ट्रपति समक्ष सभामुखले सिफारिस गर्नुपर्छः टिकाराम भट्टराई

प्रकाशित मिति:

काठमाडौंः संविधानविद् टिकाराम भट्टराईले संसद बैठक बोलाउनको लागि राष्ट्रपति समक्ष सभामुखले सिफारिस गर्नुपर्ने बताउनभएको छ । सभामुख सापकोटाले बिहीबार संघीय संसद भवन नयाँ बानेश्वरस्थित ल्होत्से हलमा प्रतिनिधि सभा विघटन पछिको अवस्था र सभामुखको भुमिकाको सम्बन्धमा कानुनविद् तथा न्यायिक क्षेत्रका विज्ञहरुसँग छलफल गर्नुभएको हो ।

छलफलका क्रममा कानुनविद्हरुले प्रतिनिधि सभा विघटनको सम्बन्धमा आफ्नो धारणा राख्दै संविधानविद् टिकाराम भट्टराईले संविधानमा सभामुखलाई पनि विशेष अधिकारहरु दिईएको उल्लेख गर्दै सोही अधिकारहरुको आधारमा संसद बैठक बोलाउनको लागि राष्ट्रपति समक्ष सिफारिस गर्नुपर्ने बताउनुभयो । यस अघि नै सर्वोच्च अदालतले कोही व्यक्तिको लहड र सनकमा प्रतिनिधि सभा विघटन गर्न नसकिने फैसला गरिसकेकाले सर्वोच्चको सोही आदेश अनुसार पनि प्रतिनिधि सभा विघटन हुन नसक्ने बताउनुभयो ।