संसद विघटनविरुद्धको मुद्दा ‘हेर्दाहेर्दै’मा, अर्को सुनुवाइ भोलि

प्रकाशित मिति:

काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध दायर भएको रिटमाथिको सुनुवाई ‘हेर्दाहेर्दैमा’ राखिएको छ । रिटको अर्को सुनुवाइ भोलि हुने भएको छ । रिट निवेदकका तर्फबाट ८ र सरकारी पक्षबाट तीनजनाले बहस गरेपछि भोलिका लागि सारिएको हो ।

आजको सुनुवाइमा इजलास गठनमा कानुनविद्हरुले प्रश्न उठाएका थिए भने सरकारी पक्षबाट महान्यायाधिवक्ताले त्यसको प्रतिवाद गरेका थिए ।

कानुन व्यवसायीले नेकपा नाम विवादसम्बन्धी मुद्दाको फैसला गरेका न्यायाधीश बमकुमार श्रेष्ठ र यसअघिको संसद विघटन हुँदा संवैधानिक इजलासमा रहेका न्यायाधीश तेजबहादुर केसीमाथि प्रश्न उठाएका छन् ।