विद्यार्थीको अध्यनमा सहजीकरण गराउनको निम्ति नवीन औधोगिक क .बा .रि .मा .विद्यालयले सुरु गर्यो “Mathematics Shape and instrument” योजना

प्रकाशित मिति:

मधुसूदन नेपाल- विद्यार्थीको अध्यनमा सहजीकरण गराउनको निम्ति नवीन औधोगिक कदर बहादुर रीता माद्यामिक विद्यालयले सुरु गर्यो Mathematics Shape and instrument योजना । यो योजना विद्यालयले कक्षा दुई र तिनका करिव १५० भन्दा बढी विद्यार्थीहरु यस योजनामा सामेल भएका छन् ।

यस योजनामा विद्यार्थी मात्रै नभई उनिहरुलाइ पढाउने शिक्षकहरुको समुह पनि जोडिएको छ। जस्मा शिक्षक युवराज पाण्डे , सबिना भण्डारी , सरिता अर्याल र क्ष्क्ब् संयोजक आशिष लामिछाने पनि रहेका छन् । विद्यालयमा विद्यार्थीहरुको सिकाइमा सजिकरण गर्नुको साथै उनीहरुको बुझाइमा पनि सजिलो हुने भएकोले विद्यालय यस अध्यनलाई अगाडी बढाएको क्ष्क्ब् संयोजक लामिछानेले बताए ।

 

योजनामा विद्यार्थीहरुले गणितमा हुने विभिन्न चित्रहरु किताबमा मात्रै नहेरी उनीहरुले आफैलेनै बनाएर अध्यन गर्छन । जस्मा उनिहरुले आफैले माटोको प्रयोग गरेर , कपडा सिलाउने धागोको प्रयोग गरि आफ्नै घरमा परिवार सँग मिलेर गणितीय चित्र बनाउन छन् जस बाट उनिहरुले गणितीय चित्र कस्तो कस्तो ठाउँहरुमा प्रयोग हुन्छ भने सिकन पाएको शिक्षक युवराज पाण्डेले जानकारी दिए । उनिहरुले हाम्रो देशको राष्ट्रिय झण्डा अरुको भन्दा फरक भएको कारणले विभिन्न देशको झण्डामा पनि गणितीय तरिकाले अध्यन गरेको पनि बताए ।

Mathematics Shape and instrument योजना बारे विद्यालयमा मात्रै नभई लुम्बिनी बौद्ध विश्व विद्यालयका प्रमुख शिक्षक र अन्य विश्व विद्यालयका शिक्षकहरुलाइ समेत योजना बारे जानकारी दिएको र गरिरहेको कार्य देखाउदै उहाँहरूले सकारात्मक टिप्पणी गर्नु भएको विद्यालयक प्राचार्य प्रेमबहादुर बस्नेतले जानकारी दिनु भयो। पछिल्लो समयको लकडाउनको कारण विद्यार्थीहरुको भौतिक उपस्थित नभए पनि यस अध्यनलाई निरन्तर दिएको बताउनु भयो ।

लुम्बिनी बौद्ध विश्व विद्यालयका प्रमुख शिक्षक