कपिलवस्तुमा जेठ २४ गतेसम्म निषेधाज्ञा थप

प्रकाशित मिति:

मधुसूदन नेपाल ,बुटवल- कपिलवस्तुमा जेठ २४ गतेसम्म लकडाउन थप भएको छ । आइतबार बसेको डिसिएमसीको बैठकले पुनः जेठ २४ गतेसम्म लकडाउन थप गरेको हो । जिल्लामा कोरोनाका संक्रमित बढ्दै गए पछि गत बैशाख २१ देखि लकडाउन हुँदै आएको छ ।

आइतबार थपिएको लकडाउन चौथो पटक प्रमुख जिल्ला अधिकारी चक्रपाणि पाण्डेद्वारा जारी आदेशमा उल्लेख गरिएको छ । पछिल्लोपटक थपिएको लकडाउन आज राती १२ बजे सकिँदै थियो । कपिलवस्तुमा पछिल्लो समय कोरोना संक्रमित संख्या घट्दै गएको छ ।