स्याङ्जाका ११ स्थानीय तहलाई ४ अर्व ३४ करोड ७६ लाख रुपैयाँ विनियोजन

प्रकाशित मिति:

रोशन लामिछाने, स्याङजा, १६ जेष्ठ- सरकारले आगामी आर्थिक वर्षका लागि स्याङ्जाका ११ स्थानीय तहलाई ४ अर्व ३४ करोड ७६ लाख रुपैयाँ विनियोजन गरेको छ । आर्थिक वर्ष २०७८÷७९ का लागी यहाँका ११ तहलाई ४ अर्व ३४ करोड ७६ लाख रुपैयाँ विनियोजन गरेको हो ।

यहाँका ५ नगरपालिकालाई २ अर्ब ५१ करोड २१ लाख र ६ गाउँपालिकाको लागि १ अर्ब ८३ करोड ५५ लाख विनियोजन गरिएको छ । नगरपालिकामा सबैभन्दा बढी पुतलीबजारलाई ५८ करोड ६४ लाख रुपैयाँ विनियोजन गरिएको छ भने कम भीरकोटलाई ३८ करोड ५१ लाख विनियोजन गरिएको छ । यता वालिङ नगरपालिकालाई ५७ करोड ६७ लाख विनियोजन भएको छ । उक्त रकम मध्ये समानीकरणमा रु १६ करोड ३९ लाख, सशर्त अन्तर्गत ३९ करोड ६२ लाख र विशेष अनुदान १ करोड ६६ लाख गरी कुल ५७ करोड ६७ लाख विनियोजन भएको हो । समानीकरणमा रु १० करोड ८० लाख, सशर्त अन्तर्गत २५ करोड ८० लाख, समपूरक अनुदान ६६ लाख र विशेष अनुदान १ करोड २५ लाख गरी भीरकोटलाई ३८ करोड ५१ लाख विनियोजन भएको छ । गल्याङ नगरपालिकालाई समानीकरणमा रु १३ करोड ४३ लाख, सशर्त अनुदान अन्तर्गत ३५ करोड ४६ लाख, समपूरक अनुदान ४ करोड ६ लाख र विशेष अनुदान ८४ लाख गरी जम्मा रु ५३ करोड ७९ लाख विनियोजन भएकोे छ । पुतलीबजार नगरपालिकाको समानीकरण अनुदानमा रु १५ करोड ३ लाख र सशर्त अनुदान अन्तर्गत ४३ करोड ६१ लाख गरी ५८ करोड ६४ लाख रहेको छ । त्यस्तै गरी चापाकोट नगरपालिकालाई समानीकरण अनुदानमा रु १० करोड ६७ लाख, सशर्त अनुदान अन्तर्गत २८ करोड ३८ लाख, समपूरक अनुदान १ करोड ३९ लाख र विशेष अनुदानमा २ करोड १६ लाख ४२ करोड ६० लाख विनियोजन भएको छ । गाउँपालिकामा सबैभन्दा बढी कालीगण्डकीलाई ३५ करोड ६५ लाख रुपैयाँ विनियोजन गरिएको छ भने कम फेदीखोलालाई २४ करोड ३७ लाख विनियोजन गरिएको छ ।

कालीगण्डकीलाई समानीकरणमा रु १० करोड २२ लाख, सशर्त तर्फ २२ करोड १६ लाख, समपूरकमा १ करोड १९ लाख र विशेष अनुदान २ करोड ८ लाख गरी जम्मा रु ३५ करोड ६५ लाख विनियोजन गरेको हो । समानीकरणमा रु ८ करोड ५७ लाख, सशर्त अन्तर्गत १८ करोड २४ र समपुरक तर्फ ८३ लाख गरी अर्जुनचौपारीलाई २७ करोड ६४ लाख विनियोजन गरेको छ । त्यस्तै समानीकरणमा रु ८ करोड ७३ लाख, सशर्त अन्तर्गत २१ करोड ६४, समपूरक तर्फ २ करोड ८ लाख र विशेष अनुदान १ करोड ३३ लाख गरी आँधीखोलालाई ३३ करोड ७८ लाख विनियोजन भएकोे छ । समानीकरणमा ७ करोड ५८ लाख, सशर्त अन्तर्गत १५ करोड ४६ लाख, समपूरक ४२ लाख र विशेष अनुदान ९१ लाख गरी फेँदिखोलालाई २४ करोड ३७ लाख विनियोजन गरेको छ । समानीकरणमा ९ करोड १० लाख, सशर्त अन्तर्गत २० करोड ४ लाख, समपूरक अनुदान ४६ लाख र समपूरक१ करोड ४५ लाख गरी विरुवालाई ३१ करोड ५ लाख विनियोजन भएको छ । समानीकरणमा ८ करोड ७८ लाख, सशर्त अन्तर्गत १७ करोड १७, समपूरकमा २ करोड ६२ लाख र विशेष अनुदानमा २ करोड ४९ लाख गरी हरिनासालाई ३१ करोड ६ लाख विनियोजन भएको छ ।

जिल्लामा विनियोजित रकम मध्ये समानीकरणमा कुल रु १ अर्व १९ करोड ३० लाख, सशर्त अनुदान अन्र्तगत २ अर्व ८७ करोड ५८ लाख, समपूरक अनुदान १३ करोड ७१ लाख र विशेष अनुदान १४ करोड १७ लाख गरी जम्मा ४ अर्व ३४ करोड ७६ लाख विनियोजन गरेको छ । यो रकम अघिल्लो वर्षको भन्दा ४० करोड ५४ लाख बढी हो ।