२५ हजार नगदसहित जुवा खेल्दै गरेका पाँच जना पक्राउ

प्रकाशित मिति:

नवलपुर– प्रहरीले जुवा खेल्दै गरेका ५ जनालाई पक्राउ गरेको छ ।

नवलपरासीपूर्व कावासोती नगरपालिका १ हात्तीखोरस्थित एक खाली कटेजमा जुवा खेल्दै गरेका पाँच जना जुवाडेलाई पक्राउ गरी उनीहरुको साथबाट नगद २५ हजार ९ सय ७० रुपैयाँ बरामद गरिएको प्रहरी नायव उपरीक्षक दीलिप कुमार गिरीले जानकारी दिए ।

पक्राउ पर्नेमा कावासोती १ हात्तीखोर निवासी रामचन्द्र मोक्तानको छोरा ३२ वर्षीय चक्र मोक्तान, सोही ठाउँका रुक्मांगत अधिकारीको छोरी वर्ष ३२ कै झवि अधिकारी, गजवीर गाहाको छोरी ५५ वर्षका बलबहादुर गाहा, नन्दलाल श्रेष्ठको छोरा वर्ष ४७ का लक्ष्मण श्रेष्ठ र धर्मगत घिमिरेको छोरा ४२ वर्षीय राजु घिमिरे रहेका छन् ।पक्राउ परेका उनीहरुलाई मुलुकी अपराध संहिता २०४७ को पच्छिेद ५ को दफा १२५ बमोजिम कसुर अन्तर्गत कारबाही हुने प्रनाउ गिरीले बताए ।