सस्तो र आकर्षक फिचर भएको ‘पोको एम थ्री’ भोलिदेखि नेपाली बजारमा, कति होला मूल्य

प्रकाशित मिति:

काठमाडौं । नेपाली बजारमा भोलि ‘पोको एम थ्री’ सार्वजनिक हुने भएको छ । साओमी नेपालले पोको एम सिरिजअन्तर्गतको यो सस्तो फोन सार्वजनिक गर्न लागेको जानकारी दिएको छ।

फोनमा क्वालकमको स्न्यापड्रागन ६६२ चिपसेट, ४८ मेगापिक्सेलको मुख्य क्यामेरा सहित ४ वटा क्यामेरा र ६।५३ इन्चको आईपीएस डिस्प्ले छ । त्यस्तै यसमा शक्तिशाली ६ हजार एमएएचको ब्याट्री छ, जसले १८ वाटको फास्ट चार्जिङ सपोर्ट गर्छ ।यो फोन विश्व बजारमा ४ स्टोरेज भेरियन्टमा सार्वजनिक भएको थियो । यसअन्तर्गत ४ जीबी र्‍याम तथा ६४ जीबी इन्टर्नल स्टोरेज, ६ जीबी र्‍याम तथा ६४ जीबी इन्टर्नल स्टोरेज, ४ जीबी र्‍याम तथा १२८ जीबी इन्टर्नल स्टोरेज र ६ जीबी र्‍याम तथा १२८ जीबी इन्टर्नल स्टोरेज रहेका छन् ।

नेपाली बजारमा यीमध्ये कुन भेरियन्ट उपलब्ध हुन्छ र मूल्य कति हुन्छ भन्नेबारे थाहा पाउन भोलिसम्म कुर्नैपर्ने हुन्छ । छिमेकी देश भारतमा यो फोनको ६ जीबी र्‍याम र ६४ जीबी स्टोरेज भेरियन्टको मूल्य १० हजार ९९९ भारू छ ।