अब मलाई कहिल्लै सानु भनेर बोलाउदिनौं है ।

प्रकाशित मिति:

गोमा भट्टराई –  अचानाको पिर खुकुरीले बुझ्न सक्दैंन भन्ने उखान यो भन्दा पहिला मेरो लागि पनि उखान मै सिमित थियो तर जब तिमिले हामिलाई चटक्कै छोडेर यो संसार बाट विलीन भयौं अनि यो समाज र यहाँका दुईचार जना बाहेक यहीँ समाजका मान्छेले म लगायत हाम्रो परिवारका सदस्यप्रती देखाएको व्यवहारले फेरि एकपटक यहीँ उखानको याद दिलाएको छ ।

मध्यम वर्गीय परिवार जहाँ ८० वर्ष कटेकी बुढीआमा पिढिंको डिलैमा बसेर जस्को फोटो देखेपनी तिम्रै यादमा हाम्री सबिता होईन र भन्दै आँखा बाट आँसु बगाउन लाग्नु हुन्छ । सानो परिवार सुखी परिवारको सपना देखेर मात्र एक छोरा एक छोरी जन्माएका बाबा मम्मिको मनमा यतिबेला के भैरहेको होला ? के ब्रजपात परेको छ तपाईं हामी कल्पना गर्न सम्म पनि सक्दैनौं लाउलाउँ,खाउखाउँ भन्ने कलकलाउदो उमेर कि छोरीलाई आफ्नो आँखा अगाडि सदाको लागि बिदा गर्दाको पीडा तपाईं हामी कल्पना गरेको भन्दा कयौं गुणा बढी छ । घरपरिवारमा रहेका हजुरआमा,बाबममी, आफ्नी जिबनसाथी अनि त्यहीँ बहिनीलाई खुशी राख्ने सुखी राख्ने दाई , बाबाममी अपुराअधुरा सपना पूरा गर्ने अनि श्रीमती र बहिनिका सपनालाई आफुले महसुस गरेर सम्रग परिवारकै खुशी किन्न आफ्नो पसिना बगाएर खाडिमा पैसा साटी रहेको दाई जस्ले केही दिन अगाडि मात्र एउटी भएकी बहिनिको कन्यादान गर्न आउन सकेन । उसको गोडाको जल खाने अनि आफ्नो ढाडमा बोकेर जग्य घुमाएर अन्माउने सपना मात्र सपनमै सजाएर मात्र मन बुझाएर बसेको थियो । त्यो दाईलाई केही दिन अगाडि बिहे गरेर गएकी बहिनीको नयाँ जीवन सुखमय र खुशिमय होस् भनेर जपेर बसेका थियो । जव दाईले रातको साढे एघार बजे बहिनिको अवस्था कस्तो छ भनेर साहुको आँखा छली फोन गर्दा सुक्ससुक्स मिसिएको आवाजमा कसैले भन्छ सबिताले हामिलाई छोडेर गै……. उस्ले टेकेको जमिन भासियो , आफुमाथिको आकाश त्यहीँ बेला आफ्नो टाउको माथी खसेको आवास भयो । दाईले हरपल सम्झिरह्यो तर दैवको लिलाको अगाडि कसैको केही लाग्न सकेन । सातसमुन्द्र पारी बाट स्वर्गमा बाँस होस् नानी तिम्रो भनेर पुकारी रहेका छन् दाईले ।

आज तिमिले हामिलाई कहिल्लै नभेट्ने गरि छाडेर गएको १५ दिन भएछ तर अझै पनि मलाई विस्वास छैन तिमी अब कहिल्लै मलाई सानु भन्दै बोलाउदिनौं भनेर । मैले धुन लागेको कपडा खोसेर तिमी कपडा नधौं चिसो हुन्छ कहिल्यै भन्दिनौं भरिएको गाग्री भित्र लैजान लाग्दा अब कहिल्यै तिमिले आएर किन उचालेको त्यो गाग्री सक्दैनौं नसक्ने काम किन गर्नुपर्छ तिमिलाई भन्दै रिसमा माया अब कहिल्यै देखाउदिनौं मलाई । ट्युसन गएर आउँदा खाजा खायौं सानु नखाएको भए म आउदाँ ल्याउछु के खाने भन्दै अब कहिल्लै फोन गर्दिनौं । खाना पकाई सकेपछि सानु खान पस्कन मलाई आफुले पस्किएर खान मन लाग्दैन तिमी हुदाहुदै भन्दिनौं है सानु तिमी फर्किएर आउछेउ भने सधैं म खाना पस्किएर खुवाउछु नि है अब मलाई कहिल्लै तिमिले सानु भनेर मलाई बोलाउदिनौं है अब कहिल्लै मलाई सबै थाहा छ अब म तिमिलाई देख्न,छुन,भेट्न सक्दिनँ सत्य स्विकार्नुको विकल्प छैन म संग तर सत्य स्विकार्नुनै हिम्मत आजसम्म पनि छैन आफ्नै आँखा अगाडी तिमिले देह त्याग गर्यौं आफ्नै हातले तिमिलाई चितामा चडाए तिम्रो बलिरहेको शरीर हेरिरहे तिमी बलिरह्यौं तर थोरै तातो भाडोले पोल्दा सम्म सानुभन्दै चिच्याउने तिमी आफैं जलिरहदा न पोल्यो भन्न सक्यौं न म नै पोल्यो सानु भनेर सोध्न सके अन्तिम सम्म तिम्रो शरीर चितामा बलिरहेको हेरिरहें तिमी बलेर सकियौं तिमी बलेको सलो आफ्नै हातले पानी छम्किएर बगाए अनि जादा गाडीको पछाडि राखेर गएकी तिमिलाई गंगा जलमा केही अंश बगाएर सदाको लागि त्यहीँ छोडेर आउन विवश भए घरमा उपचार गरेर नानुलाई यहीँ ल्याउछु हजुरहरु नआत्ती बस्नु है भन्दै छोडेर गएका बाबा,मम्मि अनि आमालाई के जभाव देउ सोच्दै घरमा आए तिमीसंगै जिन्दगिको नया सपना बुनेर केही दिनअगाडि मात्र सात जन्म तिमिसङै रहने बाचा गर्दै सातफेरो जग्य घुम्नुभएका ज्वाइँ साथमै हुँदापनि उहाँलाई सान्त्वना दिन सम्म पनि म सङ्केही शब्द न त्यो दिन थियो न आज छ मात्र भन्छु ज्वाईं हाम्रो भाग्यमा जस्को साथ अनि माया जहाँ सम्म लेखेको छ त्यहीँ सम्म मात्र रैछ दैवको अगाडि कसैको केही नलाग्दो रैछ छोटो समयलाई भएपनी अन्तिम पलसम्म आफुले सकेको गर्नुभएको छ अब सत्य स्विकार्नुको विकल्प छैन मन बलियो बनाउनु भन्नू शिवाय केही सक्दिनँ ।

आज सम्म पनि बाबा मम्मिलाई म के भनौं कसरी सम्झाउ अनि आफुलाई कसरी समालौं प्रर्देशीभुमिमा रहनुभएका तिम्रो दाईलाई कसरी सुनाउ तिम्रो अभावमा यो घरको अवस्था बाबा मम्मिको वियोग कसरी सुनाउ भन्छन् नि धेरै माया दिने मान्छे केही समयको लागि मात्र हाम्रो जिबनमा आउछन् त्यो तिमी प्रमाणित गरेर मलाई घरमा एक्लै छाडेर गयौं भन्ने गर्थेउ नि सानु मेरो साथिहरु यत्ती धेरै नमिल भाउजुसङ् राम्रो हुन्न अत्तिगरेको किन हो भन्थेउ नि उबेला म तिमिलाई मुसुक्क हासेर भन्थेनी मिलेको देख्न चाहादैंनन् सानू त्यसैले होला ह्या छोड अरुका कुरा हामी उदाहरण बनौंन नन्द भाउजुपनी असल साथी दिदिबहिनी हुन्छन् भनेर तर आज तिमिलाई चिच्याएर जभाव दिन मन छ यहीँ अत्ति हुनलाई रैछ तिम्रा साथी सहि भनेका रैछन् भनेर तर तिमी सुन्दिनौं गतसाल मेरो जन्म दिनमा तिमिले मलाई अङ्गालो हाल्दै भनेकि थियौं नि सानु भगवानलाई धन्यवाद दिने शब्द छैन जस्ले मलाई घरमा दिदिबहिनी छैन एक्लि छोरी हो भनेर यत्ती माया गर्ने र मलाई बुझ्ने तिमिलाई भाउजु को रुपमा दिदिबहिनी दिए सधैं मलाई यस्तै माया गर तिमी हासी राख तिमी हासे हाम्रो घर उज्यालो हुन्छ सधैं हासी राख अझै पनि कानमा गुन्जाएमान छन् यी शब्द सानु तिम्रो अभाव त म पूरा गर्न सक्दिनँ होला मम्मी बाबालाई तर म मेरो तर्फबाट सधैं क सके जत्तिको कोसिस गरिरहेने छु गर्न सधैं घरलाई उज्यालो बनाउन तर मलाई त्यो खुपी भने तिमी दिहिराख है म तिमिलाई देख्न सक्दिनँ तिमी त मलाई देख्न सक्छेउ नि है सपनामै आएर भएपनि मैले केही गल्ती गर्दा यसो नगर सानु भन्देउ है तिमिलाई मैले जिवित रहदा कत्ति गरे कत्ती गर्न सके त्यो तिमी महसुस गरेकी हौलिं तर तिम्रो अन्तिम समय सम्म पनि तिमिलाई एक्लै भने हुन् दिन् कोभिड को बिरामी हो त्यत्ती नजिक नजानु भनेर डाक्टर भन्दा नि म तिम्रो साथ छोडिन मलाई तिम्रो माया अनि तिमी प्रती मेरो जिम्मेवारीले तिमिबाट टाढा राख्न सकेन सकेसम्म राम्रो गर्ने नै प्रर्यत्न गरिरहे अन्जानमा केही भुल भए तिम्री सानुलाई माफ गरिदेउ है

समाजका सबै व्यक्ती मानवीय बनौं । मानविय समवेदना कसैले नगुमाऔँ । आपत विपत बाजा बजाएर आउदैंन् जहाँ जत्तिबेला जस्को परिवारमा पनि आउन सक्छ ।अहिले त अझै यो रोग सबैलाई थाहा छ तपाईं हामि कल्पना गरेकालाई भन्दा पत्याउन पनि गार्‍हो पर्ने व्यक्तिलाई लगि रहेको छ सदाको लागि अझै यत्ती भन्छु हाम्रो परिवारमा जस्तो घटना तपाईहरु कसैको मा नघटोस् यस्तो ब्रजपात कसैको परिवारमा परेको देख्न सुन्न नपरोस् ।मिल्छ भने भगवान् सङ् प्राथना नै गर्छु हाम्रो परिवारमा यो चोट पुग्दा हामिलाई लागेको चोटमा पटक,पटक नुनचुक छर्कन खोज्ने अनि आफ्नो जीवन अजम्बरी नै पाएजस्तो हामिलाई व्यवहार गर्नुहुने तपाईहरुलाई मेरो पनि केही वर्षको आयु लागोस् । तपाईको परिवारमा यस्तो व्रजपात सहन नपरोस् । यो दु:खको घडिमा प्रत्यक्ष अप्रत्यक्ष सहयोग ,सहानुभूति प्रकट गर्नुहुने सम्पुर्णमा आभार व्यक्त गर्दछौं ।