रक्सी चोरेको भिडियो सार्वजनिक भएपछि एक असईसहित दुई प्रहरी निलम्बनमा

प्रकाशित मिति:

जनकपुरधाम, जेठ १७ – रक्सी चोरेको आरोपमा तीन जना प्रहरी निलम्बनमा परेका छन्। जिल्ला प्रहरी कार्यालय सिरहाले रक्सी चोरेको आरोप खेपेको भन्दै तीन जनालाई निलम्बन गरेको हो। लहान-२३ गढियास्थित पूजा होटल एवं एसके मदिरा पसलबाट भोड्का चोरेको आरोपमा एक प्रहरी सहायक निरीक्षक ९असई० र दुई जवान निलम्बनमा परेको सिरहा प्रहरीले जनाएको छ।

निलम्बनमा पर्नेमा इलाका प्रहरी कार्यालय लहानमा कार्यरत असई नवलकिशोर ठाकुर तथा जवानहरू अन्नु कुमार राय र नरेश कुमार राय छन्। उनीहरूलाई प्रहरी नियमावली २०७१ बमोजिम आज सोमबार देखि लागू हुने गरी निलम्बन गरिएको बताइएको छ। प्रहरीका अनुसार गत जेठ ९ गते उनीहरू गस्तीमा खटिएका थिए। मदिरा सेवन गरी होहल्ला गर्ने व्यक्तिहरु नियन्त्रणमा लिन लाग्दा पसल सञ्चालक भागे। त्यहीबेला ती प्रहरीले केही भोड्का आफ्नो साथमा लगेको भिडियो सार्वजनिक भएको थियो।