आँखा हेरेर मुटुको अवस्था थाहा पाउनुहोस्

प्रकाशित मिति:

मङ्सिर १२ बुटवल ।  विज्ञान र प्रविधिको युगमा व्यापक मात्रामा विस्तार भइरहेको छ । विशोषगरी मानिसहरु कृत्रिम बौद्धिकता (एआई)को क्षेत्रमा काम गरिरहेका छन् । जसको कारण मेसिनले पनि मानिसले जस्तो काम गर्न सुरु गरेका छन् ।

यस्तै क्रममा गुगलले पनि मानिसको मुटुको अवस्था थाहा पाउन सक्ने एआईको विकास गरेको छ । गुगलले अहिले अघि सारेको एआई प्रविधिमा आधिरिक रहेको प्रोगाम्सले मानिसको आँखा हेरेर मुटुको अवस्था पत्ता लगाउन सक्छ ।

नयाँ प्रविधिको माध्यमबाट मानिसहरुको रक्तचाप वा हृदयाघातको सम्भावनाको विषयमा जानकारी दिने गर्छ । गुगलले दुई लाख ८० हजारभन्दा बढी मानिसहरुमा यसको परीक्षण गरेको छ । परीक्षणको क्रममा शतप्रतिशत नतिजा भने हासिल भएको छैन ।

समाचारमा बताइएअनुसार उक्त प्रोग्राम्सले करिब ७० प्रतिशत मात्र सही उत्तर दिएको छ । यसले आगामी दिनमा मानिसहरुको स्वास्थ्यको विषयमा पनि महत्वपूर्ण जानकारी सहजै हासिल गर्न सकिने भन्दै जानकारहरुले उत्साह देखाएका छन् ।