नेविसंघका नेताहरुद्धारा राष्ट्रपति र प्रधानमन्त्रिको विरोधमा बयलगाढा प्रदर्शन

प्रकाशित मिति:

नेपाल विद्यार्थी संघका नेताले सरकारको सांकेतीक विरोध गरेका छन् । उनीहरुले आज बुटवलको तामनगरमा राष्ट्रपति र प्रधानमन्त्रिको तस्बिरलाई बयलगाढामा चढाई विरोध प्रदर्शन गरेका हुन् । प्रधानमन्त्रि केपी शर्मा ओलीले नेपालमा गणतन्त्र आउनु बयलगाढा चढेर अमेरिका गएजस्तै हो भनी दिएको टिप्पणीलाई व्यंग्यात्मक रुपमा प्रस्तुत गरिएको नेविसंघका नेता सुदिप शर्माले बतँए ।

उनले संविधान विपरित काम गर्ने प्रधानमन्त्रि र उनलाई साथ दिने राष्ट्रपतिले कोरोना महामारीका बीचमा समेत नागरिकको स्वास्थ्य भन्दा राजनितीक खिचातानीलाई प्राथमिकता दिई जनताको हित विपरित काम गरेको भन्दै नागरिकको मन जित्न नसक्ने सरकार नचाहीने बताए । उनीहरुले प्रदर्शनसंगै प्रधानमन्त्रि र राष्ट्रपतिको राजिनामाको समेत माग गरेका थिए । प्रदर्शनमा शर्मासंगै  सुन्दर अर्याल , दीपक घिमिरे ,सागर घिमिरे सृजना गरी , नारायण पोखरेल, अमृत भण्डारी, मनिष श्रेष्ठ, सुजु घले,  सुमन गुरुङ, लक्ष्मण न्यौपाने ,सुरज श्रेष्ठ लगायत को उपस्थिती रहेको थियो ।