लुम्बिनी प्रदेशमा राष्ट्रियसभा उपनिर्वाचनको मतदान जारी, ८ मत खस्न बाँकी

प्रकाशित मिति:

बुटवल । लुम्बिनी प्रदेश अन्तर्गत राष्ट्रियसभामा रिक्त एक पदका लागि मतदान जारी छ । दाङको घोराही उप–महानगरापालिकास्थित कर्मचारी मिलन केन्द्रमा बिहान ९ बजेदेखि मतदान भएको हो ।  निर्वाचनमा प्रदेशसभाका ८३ र गाउँपालिका अध्यक्ष–उपाध्यक्ष, नगरपालिका प्रमुख–उपप्रमुख २१९ जना गरी ३०० मतदाता रहेका छन् । उपनिर्वाचनमा अहिलेसम्म २९२ जनाले मतदान गरेका छन् ।

अब प्रदेशतर्फ ३  र स्थानीयतर्फ ५ जनप्रतिनिधिले मात्र मत खसाल्न बाँकी रहेको छ ।  स्थानीयतर्फको मतदान केन्द्रमा ८० महिला र १०८ पुरुषले मत खसालेका छन् भने प्रदेशसभा तर्फको मतदान केन्द्रमा ३० महिला र ५० पुरुषले मतदान गरेका छन् ।

एमालेको तर्फबाट चन्द्रबहादुर खड्का र विपक्षी गठबन्धनको तर्फबाट दृगनारायण पाण्डे उमेदवार छन् । मतपरिणाम आजै भर्चुअल माध्यमबाट सार्वजनिक गर्ने तयारी छ ।