नेपाली कांग्रेसका युवा नेता नेत्र भट्टराई द्धारा राहत वितरण

प्रकाशित मिति:

बुटवल । नेपाली कांग्रेसका युवा नेता तथा विपी विचार राष्ट्रीय समाज रुपन्देहीका सहसचीव नेत्र भट्टराईले अप्ठेरोमा परेकाहरुलाई राहत वितरण गर्नु भएको छ ।रुपन्देहीको बुटवल उपमहानगरपालीको प्रगतीनगर र बुद्ध नगरमा १७ घर परीवारलाई राहत स्वरुप चामल ,दाल, चिनी ,तेल वितरण गरीएको छ । कोरोना महामारीको वेला लकडाउन हुदा विहान साझ छाक टार्न समस्या भएकाहरुलाई राहत वितरण गरीएको भट्राईले वताउनु भयो । नेपाली कांग्रेसका युवा नेता समेत रहनु भएका विपी विचार राष्ट्रीय समाज रुपन्देहीका सहसचीव नेत्र भटराईले विगतका दिनहरुमा पनी अप्ठेरोमा परेकाहरुलाई सहयोग गर्दै आउनु भएको थियो ।