कोरोनाबाट अर्घाखाँचीका एक प्रहरी जवानको निधन

प्रकाशित मिति:

बुटवल । कोरोना संक्रमणबाट अर्घाखाँचीका एक प्रहरी जवानको निधन भएको छ । जिल्लाको पाली प्रहरी चौकीमा कार्यरत प्रहरी जवान सुकबहादुर चौधरीको निधन भएको हो ।

चौधरी कोरोना संक्रमण भई काठमाडौंमा उपचाररत थिए । २६ बर्षिय उनको उपचारको क्रममै जेठ १५ गते निधन भएको थियो । उनले एकमहिना अघि मात्रै विवाह गरेका थिए ।

यसैबीच, जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले चौधरीको निधनप्रति शोक व्यक्त गरेको छ । यस्तै, शोकाकुल परिवारजनमा समवेदना पनि व्यक्त गरेको छ ।