लुम्बिनी प्रदेशमा राष्ट्रियसभा उपनिर्वाचन : २९७ मत खस्यो, गणना साढे ३ बजेपछि

प्रकाशित मिति:

बुटवल । लुम्बिनी प्रदेशको राष्ट्रियसभा उपनिर्वाचनमा मतदानको समय सकिएको छ । दिउँसो ३ बजेसम्म २९७ मत खसेको छ । स्थानीय तहका प्रमुख र उपप्रमुख गरी २१४ जनाले मतदान गरेका छन् । लुम्बिनीका सबै ८३ प्रदेशसभा सदस्यले मतदान गरेका छन् ।

उपनिर्वाचनमा ३०० जना मतदाता रहेका थिए । तीन जनाले मतदान गरेनन् ।

एमालेको तर्फबाट चन्द्रबहादुर खड्का र विपक्षी गठबन्धनको तर्फबाट दृगनारायण पाण्डे उमेदवार छन् । मतपरिणाम आजै भर्चुअल माध्यमबाट सार्वजनिक गर्ने तयारी छ ।

मतगणना सोमबार साढे ३ बजेपछि सुरु गरिने लुम्बिनी प्रदेश निर्वाचन कार्यालय दाङले जनाएको छ ।