लुम्बिनी प्रदेशमा राष्ट्रियसभा उपनिर्वाचनको मतगणना जारी, कस्ले मार्ला बाजी ?

प्रकाशित मिति:

बुटवल । लुम्बिनी प्रदेशको राष्ट्रियसभा उपनिर्वाचनको मतगणना जारी छ । दाङको घोराहीस्थित कर्मचारी मिलन केन्द्रमा मतगणना भईरहेको छ ।

२९७ मत खसेको छ । स्थानीय तहका प्रमुख र उपप्रमुख गरी २१४ जनाले मतदान गरेका छन् । लुम्बिनीका सबै ८३ प्रदेशसभा सदस्यले मतदान गरे ।

उपनिर्वाचनमा ३०० जना मतदाता रहेका थिए । तीन जनाले मतदान गरेनन् ।

एमालेको तर्फबाट चन्द्रबहादुर खड्का र विपक्षी गठबन्धनको तर्फबाट दृगनारायण पाण्डे उमेदवार छन् । खड्कालाई एमालेबाट चुनाव लडेका हुन् भने पाण्डेलाई काँग्रेस, माओवादी र जनमोर्चाको समर्थन छ ।