‘यो लोकतन्त्रको जित हो, ओझेलमा परेका विषयलाई बुलंद पार्छु’ : पाण्डेय

प्रकाशित मिति:

बुटवल । लुम्बिनी प्रदेशको राष्ट्रियसभा उपनिर्वाचनमा विजयी भएका विपक्षी गठबन्धनका दृगनारायण पाण्डेयले यो जित लोकतन्त्रको भएको बताएका छन् ।  जितपछि सञ्चारकर्मीहरूलाई कुराकानी गर्दै उनले उनले सदनमा अब संघीयता र गणतन्त्रका विषयलाई बुलंद पार्ने बताए।

उनले यसअघि आफूलाई मत दिने मतदातालाई धन्यवाद दिँदै यो सबै मतदाताको जित भएको बताए । पाण्डेयले भने, ‘यो प्रजातन्त्रको जित हो । लोकतन्त्रको जित हो । सबै मतदाताको जित हो, नेपाली काँग्रेस, माओवादी केन्द्र, जसपा, जनमोर्चा, स्वतन्त्र लगायत सबै मतदातामा धन्यवाद दिन चाहन्छु ।’

सोमबार सम्पन्न चुनावमा पाण्डेयले एमालेका चन्द्रबहादुर खड्कालाई पराजित गर्दै विजयी भएका हुन् । पाण्डेलाई नेकपा माओवादी केन्द्र, जसपा उपेन्द्र पक्ष, राष्ट्रिय जनमोर्चाको समर्थन थियो ।

उपनिर्वाचनमा ३०० जना मतदाता रहेका थिए । तीन जनाले मतदान गरेनन् ।