एसईई आन्तरिक मूल्यांकनबाट गराउने प्रस्ताव, मन्त्रीपरिषद् बैठकले आजै निर्णय गर्नसक्ने

प्रकाशित मिति:

काठमाडौं । शिक्षा मन्त्रालयले माध्यमिक शिक्षा परीक्षा (एसईई) आन्तरिक मूल्यांकन विधि अनुसार गराउने प्रस्ताव मन्त्रिपरिषदमा लैजाने निर्णय गरेको छ ।सोमबार बसेको मन्त्रालयमा  बसेको बैठकले एसईई परीक्षाको आन्तरिक मूल्यांकनका आधारमा गराउने प्रस्ताव मन्त्रिपरिषदमा पठाउने निर्णय गरेको हो।

आइतबार  मात्र एसईईलाई वैकल्पिक माध्यमबाट सञ्चालन गर्न राष्ट्रिय परीक्षा बोर्डले सरकारको अनुमति मागेको थियो । बोर्डले सोसम्बन्धी प्रतिवेदन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई बुझाएको थियो । गतवर्ष पनि सम्बन्धित विद्यालय आफैले आन्तरिक मूल्याङ्कन गरी पठाएको अङ्कका आधारमा बोर्डले नतिजा प्रमाणीकरण र सार्वजनिक गरेको थियो ।

मन्त्रिपरिषद्को नियमित बैठक बेलुकी ५ बजे बालुवाटारमा बस्दैछ । सोही बैठकमा एसईईबारे निर्णय हुने सम्भावना रहेको छ ।