राष्ट्रपति भण्डारीले कोरोना खोप माग्दै बेलायती महारानीलाई लेखिन् पत्र

प्रकाशित मिति:

काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले कोरोना महामारीविरुद्ध लड्न नेपाललाई अत्यावश्यक रहेको कोभिड–१९ खोप उपलब्ध गराइदिन भन्दै बेलायतकी महारानी एलिजावेथ द्वितीयलाई पत्र लेखेकी छिन्।

उनले पत्र आइतबार पठाएकी हुन्। पत्रमा राष्ट्रपति भण्डारीले बेलायती महारानीलाई हालसम्मको सहयोगको लागि कृतज्ञता प्रकट गर्दै महामारीविरुद्धको बेलायतको लडाइँमा ऐक्यबद्धतासमेत जनाएको परराष्ट्र मन्त्रालयले जनाएको छ। राष्ट्रपतिीले गत शुक्रबार रुसी राष्ट्रपतिलाई खोप सहयोग गरिदिन भन्दै पत्र पठाएकी थिइन्।