रुपन्देहीमा आजमात्रै ८९० जनाले कोरोना जिते

प्रकाशित मिति:

बुटवल । रुपन्देहीमा थप १४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा जिल्लामा ५३८ जनाको कोरोना परीक्षण गर्दा १४७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ ।

थपिनेहरुमा बुटवल उपमहानगरपालिका र तिलोत्तमा नगरपालिका ३६/३६, देवदह नगरपालिकामा १९ जना, सियारी गाउँपालिकामा ११ जना, सैनामैना नगरपालिकामा १० जना, सिद्धार्थ नगरपालिकामा ९ जना, लुम्बिनी सांस्कृतिक नगरपालिकामा ६ जना र अन्य केही स्थानिय तहमा ५ जना भन्दा कम संक्रमित थपिएका छन् ।

यो सँगै रुपन्देहीमा कोरोना संक्रमित हुनेको संख्या २६ हजार ५३१ पुगेको छ । हाल जिल्लामा २ हजार १३९ जना कोरोनाका संक्रिय संक्रमितहरु रहेका छन् ।

यस्तै रुपन्देहीमा पछिल्लो २४ घण्टामा ८९०  जना संक्रमित निको भएका छन् । यो सँगै निको हुनेको संख्या २३ हजार ९५५ पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप १६ संक्रमितको मृत्यु भएको छ । यो सँगै मृत्यु हुनेको संख्या ४३७ पुगेको छ ।