अर्घाखाँचीमा पछिल्लो २४ घण्टामा १२६ जनाले कोरोना जिते

प्रकाशित मिति:

बुटवल । अर्घाखाँचीमा पछिल्लो २४ घण्टामा १२६ जनाले कोरोना जितेका छन् । जिल्लाका विभिन्न पालिकाहरुमा गरि १२६ जनाले कोरोना जितेका हुन् ।

अर्घाखाँचीका सहायक प्रमुख जिल्ला अधिकारी विनोद खनालले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा कोरोना जित्नेहरुमा सन्धिखर्क नगरपालिकाका ५५ जना, भुमिकास्थान नगरपालिकाका १५ जना, शितगंगा नगरपालिका ७ जना, मालारानी गाउँपालिकाका ८ जना, पाणिनी गाउँपालिकाका ७ जना र छत्रदेव गाउँपालिकाका ३४ जना रहेका छन् । यो सँगै जिल्लामा कोरोना जित्नेको संख्या १५६१ पुगेको छ ।

यस्तै, अर्घाखाँचीमा थप २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा सन्धिखर्क नगरपालिकामा ८ जना, भुमिकास्थान नगरपालिकामा ४ जना, शितगंगा नगरपालिकामा १ जना, मालारानी गाउँपालिकामा ३ जना, पाणिनी गाउँपालिकामा १ जना र छत्रदेव गाउँपालिकामा ७ जना संक्रमित थपिएको खनालले जानकारी दिए ।

यो सँगै अर्घाखाँचीमा कोरोना संक्रमितको संख्या २,०६४ पुगेको छ । हाल ४४९ जना उपचाररत छन् । यस्तै, अर्घाखाँचीमा कोरोनाबाट थप एक जनाले ज्यान गुमाएका छन् । यो सँगै ज्यान गुमाउनेको संख्या ५४ पुगेको छ ।