एमाले विवादको कारण प्रधानमन्त्री ओलीको अंहकार होः मिलेन्द्र रिजाल

प्रकाशित मिति:

काठमाडौंः नेपाली कांग्रेसका नेता मिनेन्द्र रिजालले कांग्रेसले एमाले र जसपा विभाजन गराउन लागको भन्ने संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री भानुभक्त ढकालको आरोप निराधार रहेको र एमाले विवादको कारण स्वयं प्रधानमन्त्रीके अंहकार भएको बताउनुभएको छ । सोमबार न्यूज एजेन्सी नेपालसँग कुरा गर्दै नेता रिजालले नेकपा९एमाले०भित्र झगडाको बिउ आफुहरुले लगाएको नभई प्रधानमन्त्री केपी शर्मा ओलीको अहंकार र सबैलाई पेल्ने प्रवृतिका कारण विवाद उत्पन्न भएको बताउनुभएको हो ।

सरकारका विरुद्ध कांग्रेसले अविश्वासको प्रस्ताव ल्याउनुपर्ने आम मागका विच पनि सरकार विरुद्ध अविश्वास प्रस्ताव नल्याई आफै आलोचित हुँदा सम्मपनि कांग्रेस चुप लागेर बसेको उल्लेख गर्दै उहाँले अहिले भने देश र जनताको बृहत्तर सार्थ र हितलाई ध्यान दिदैँ प्रधानमन्त्रीका लागि विकल्प प्रस्तुत गरेको बताउनुभयो । उहाँले भन्नुभयो – ‘यो निराधार आरोप हो । नेकपा व्यवस्थापन गर्न सक्नुभएन प्रधानमन्त्रीले । उहाँको अहंकार र सबैलाई पेल्ने प्रवृतिका कारण पार्टी फुटको संघारमा पुग्दापनि हामी संयमित भयौँ ।

प्रतिनिधि सभा विघटनपश्चात् पनि कांग्रेसले अविश्वास प्रस्ताव दर्ता नगरेका कारण निकास निस्केन भनेर आलोचना टिप्पणी खायौँ तर अर्काको पार्टीमा पसेनौं । यो बिउ हामीले लगाएको होईन । कांग्रेस अरु कसैको पनि झगडामा परेको छैन ।’