तिलोत्तमा मेलामा आजदेखि अन्तराष्ट्रिय करांते प्रतियोगिता पनि शुरु

प्रकाशित मिति:

रुपन्देहीको मणिग्राममा संचालित तिलोत्तमा औद्योगिक व्यापार मेला कृषि तथा पर्यटन महोत्सव–२०७५ आज बिहिबार देखि अन्तराष्ट्रिय स्तरको कराँते प्रतियोगिता हुने भएको छ । ६ गतेदेखि सुरु भएको महोत्सवमा पछिल्लो समय दर्शकको भिड बढिरहेको अवस्थामा कराँते प्रतियोगिताले थप दर्शकहरुलाई आकर्षण गर्ने अपेक्षा आयोजकले लिएको छ । नेपाल सहित ५ देशका खेलाडीहरु सहभागि हुने उक्त प्रतियोगितामा ५ टिम सहभागि हुने महोत्सवका खेलकुद तथा अतिरिक्त कृयाकलाप व्यवस्थापन समिति संयोजक सितल ज्ञवालीले बताए । नेपाल, भारत, भुटान, वंगालादेश र श्रीलंका बाट खेलाडीहरु सहभागि हुने प्रतियोगितामा आज बिहीबार र शुक्रबार राष्ट्रिय छनौट प्रतियोगिता हुने र शनिबार फाइनल खेल हुने संयोजक ज्ञवालीले बताए ।
एक टिममा १२ जना खेलाडी सहभागि हुने उक्त प्रतियोगिता मा क्याडेस, सव–जुनियर, जुनियर र सिनियर गरी चार उमेर समुहका खेलाडीहरु समावेश हुने प्रतियोगिताका रेफ्रि संयोजक सन्तु दंगुरिया थारुले बताए ।
साथै महोत्सवमा आज बिहिबार राष्ट्रिय लोकतथा दोहोरी गायक सिरिष देवकोटा, आधुनिक गायिका एञ्जीला रेग्मी, लोकतथा दोहोरी गायिका सपना गाहा तथा हास्य कलाकार उज्ज्वल गिरी दानबीर लगायतको प्रस्तुती रहने साँस्कृतिक सह संयोजक वावुराम शर्मा खनालले बताए ।
यता महोत्सवमा संचालित ५ ए साइड फुटवल प्रतियोगितामा मंगलबार देखि शुरु भएका क्वाटर फाइनलका खेलहरु जारी रहेका छन् । सोही अनुरुप हिजो बुधबार भएको तीन प्रतियोगिता मध्ये न्यु श्रीजना युवा क्लब र डि एम सी तुल्सीपुर बीच भएको प्रतियोगितामा डि।एम।सी।ले जित हात पारेको छ । त्यस्तै सुनौलो संगम र सयपत्री बीच भएको खेलमा सुनौलो संगमले सयपत्रीलाइ १ का बिरुद्ध ५ गोलले जित हात पार्न सफल भएको छ भने नवयुवा खेलकुद तथा साँस्कृतिक परिवार र स्मृति स्पोर्टस बीच भएको खेल भने २ गोलको बराबरीमा सकिएपछि पेनाल्टी बाट स्मृति स्पोर्टसले जित हात पारेको संयोजक ज्ञवालीले बताए । आजपनि विभिन्न टिमबीच प्रतियोगिता हुने उनले बताए ।
बुधबार सम्म ७५ हजार दर्शकले महोत्सव अवलोकन गरेको र ६ करोड ५० लाख कारोबार भएको तिलोत्तमा व्यापार संघका अध्यक्ष जेपी कंडेलले बताए ।